सामाजिक सञ्जाल

सुन साईंली, सुन साईंली, सम्पती बिबरणमा सुनको महत्व सुन…

काठमाडौं । मन्त्रि, कर्मचारी वा उच्च पदस्थ व्यक्तिहरुले सम्पति विवरण पेश गर्दा नगद, सेयर वा जग्गाभन्दा सुनचाँदी देखाउन चाहन्छन । किनकि…
१. सुनचाँदीलाई पुर्ख्यौली सम्पति, दाइजो, पेवा वा उपहार भन्न पत्याउँदो हुन्छ । अन्य सम्पतिजस्तो सुनको अभिलेख हुँदैन ।

२. लाभको पदमा पुगेपछि भ्रष्टाचार, कमिसन वा अन्य गैह्र कानुनी तरिकाले धन आर्जन गरेमा त्यसलाई कानुनी बनाउन वा स्रोत देखाउन सुनचाँदी बेचेको भनेर सफाइ दिन सकिन्छ । किनकि सुनचाँदी बिक्रि गरेको वा नगरेको कुनै प्रमाण हुँदैन । जस्तै, १र२ तोला मात्र सुन भएको व्यक्तिले सम्पति विवरणमा ४० तोला लेख्यो भने चालिस तोला इजिकल्टु साठी हजार बराबर रु. ८६०,००० (सरदर २४ लाख) । उक्त व्यक्तिले २४ लाख भ्रष्टाचार गरेमा सुन बेचेको पैसा भनेपछि स्रोत देखिन्छ ।

३. सुनको मूल्य बढिरहेको हुन्छ । तसर्थ लामो समयपछि अझै ठूलो रकमको स्रोत खुलाउन मिल्छ ।

४. भविष्यमा गर्न सक्ने भ्रष्टाचारको सम्भाव्यताको आधारमा सुन देखाउने चलन छ । विवरण पेश गरेको समयमा सबैको त्यति सुन हुँदैन । विवरण भरे अनुसारको दाइजो, पेवा, सहयोग वा अन्य स्रोत ९०५ गलत हुन्छन । देखाइएको ऋण पनि ९बैंकको बाहेक० प्रायसस् गलत हुन्छ । केहि परेमा आफ्नो अनुकुलता अनुसार हिसाब गोलमोटोल गर्न ऋण देखाउने प्रचलन छ ।

५. प्रत्येक बर्ष सम्पति विवरण अध्यावधिक गर्दा सुनको मात्रा बढेको देखाइन्छ र त्यसको स्रोत पुरानो तलबभत्ता भनिन्छ । यो प्रक्रियाबाट उत्तरोत्तर बढी रकमको स्रोत खुलाउन सजिलो हुन्छ ।

-हास्यकलाकार मनोज गजुरेलको व्यक्तीगत बेव व्लगबाट