आर्थिक

एनआईसीको नयाँ शाखा बंकुलबजारमा

काठमाडौं । एनआई सी एशिया बैंकले नयाँ शाखाको विस्तार गरेको छ । बौधीमाई नगरपालिका वडा नं ६, बंकुलबजार, रौतहटमा १४३ औं शाखाको रुपमा स्थापना गरेको हो ।

बंकुलबजार शाखाको बुधबार एक समारोहका बिच बौधीमाई नगरपालिकाका मेयर राजीव रंजन यादवबाट विधिवत् उद्घाटन गरिएका छन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २१७ शाखा कार्यालयहरु, २०३ एटिएम, ८ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू १६२ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू ११२ अर्ब र कुल निक्षेप करिब रू १३८ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।

यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।