मनोरञ्जन

ऋचाले काटिन करोडको केक

काठमाडौं । नायिता तथा निर्मात्री ऋचा शर्माले सुनकेशरी’ करोड क्लबमा पुगेको खुसीयालीमा केक काटेकी छन् । मंगलबार एक कार्यक्रमकाबीच निर्देशक सुदर्शन थापालाई केक खुवाएकी हुन् ।

चलचित्र सुनकेशरीले ५ दिनमा १ करोड बढीको ब्यापार गरेको छ । हरर जनराको ‘सुनकेशरीले’ तर्साउने भन्दा पनि बढी हँसाएको दर्शकले प्रतिक्रिया दिएका छन् । चलचित्रमा ऋचा सहित रविन्द्र, सनी ढकाल, लरेन लफवर्ग, सुनिल पराजुली लगायतको अभिनय रहेको छ ।