राजनीति

ढुङ्गेल रिहाइ र बजेटबारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसले सरकारले मंगलबार प्रस्तुत गरेको बजेटको निष्कर्ष निकालेको छ । प्रमुख प्रतिपक्षी रहेको कांग्रेसले आर्थिक बर्ष २०७५र०७६ को बजेटलाई ‘स्वप्नदर्शी’को संज्ञा दिएको हो । सरकारले जनभावनाको उपेक्षा गरेको बताएको छ ।

घोषणापत्र, नीति तथा कार्यक्रम तथा बजेट फरकफरक देखाई जनभावनाको उपेक्षा गरेको कांगेस संसदीय बैठकको निष्कर्ष छ ।

बजेटमा सपना मात्रै देखाईएको तर त्यसलाई कार्यान्वयन गर्ने यथेष्ट स्रोत साधन नछुट्याईएको कांग्रेस बैठकको निष्कर्ष छ ।

यसैबीच, सर्वश्वसहित जन्म कैदको फैसला सुनाइएका नेकपा नेता बालकृष्ण ढुंगेललाई चालचलन ठीक भएको भन्दै कैद मिनाहा गर्नु सरकारको ऐतिहासिक गल्ती भएको कांग्रेसको भनाइ छ ।

सर्वोच्च अदालतलाइ चुनौती दिने व्यक्तीलाई रिहा गर्न कानुन र अदालतको खिल्ली उडाउनु भएको कांग्रेस संसदीय बैठकको निक्र्यौल छ ।