आर्थिक

एनएमबि बैंकले पायो अर्को चर्चित अवार्ड

काठमाडौं । आठौं आइएफसी अवार्डस्मा एनएमबि बैंक बेष्ट इसियुङ बैंक पार्टनर इन फ्रागिल कन्«िटज २०१७ साउथ एसिया अवार्डबाट सम्मानित भएको छ । नेपालमा यो सम्मान प्राप्त गर्ने एनएमबि बैंक पहिलो बाणिज्य बैंक हो ।

विश्व व्यापार वित्तिय कार्यक्रममा बैकले गरेको सहकार्यका लागि आइएफसीका कार्यकारी प्रमुखले एनएमबि बैंकका कार्यकारी अधिकृत सुनिल केसी लाई सो अवार्ड प्रदान गरेका छन् ।

आइएफसी ट्रेड अवार्डको प्राप्तिले एनएमबि बैकको अन्र्तराष्ट्रिय सम्बन्ध तथा अन्र्तराष्ट्रिय साझेदारहरुको सहकार्यमा नेपालका स्थानीय समुदायमा गर्न सक्ने ठुलो व्यापार लगानी क्षमतालाई उद्घोष गरेको छ ।

एनएमबि बैकले “समृद्घ नेपालका लागि” भन्ने नारालाई आत्मसाथ गर्दै उर्जा, पर्यटन, साना तथा मझैला ब्यावसाय तथा कृषि क्षेत्रमा बिभिन्न खाले वित्तीय लगानी गरेर देशकै अर्थतन्त्रमा साकारात्मक प्रभाब हुने गरी काम गरिरहेको जारी पे्रस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आइएफसी अवार्डस्को प्राप्ती सँगै यस बर्ष एनएमबि बैकले हाल सम्म ३ चर्चित अन्र्तराष्ट्रिय अवार्ड पाइसकेको छ ।