समाचार

कर्मचारीको तलब अब अफिसमै

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि स्थानीय तहका कर्मचारीको तलब सोही कार्यालयमा नै उपलब्ध गराउने भएको छ ।

संघबाट स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको तलब स्थानीय तहबाट उलपब्ध गराइनेसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । स्थानीय तहमा सरुवा भएका कर्मचारी त्यहाँ नजाने गरेकाले सम्बन्धित स्थानीय तहमा तलब पठाएर जान बाध्य पार्नका लागि मन्त्रालयले यस्तो योजना ल्याएको उनले स्पष्ट गरे । अहिले केन्द्रबाट सरुवा भएर गएका कर्मचारीले तलब केन्द्रबाट तलब लिने गरेका छन् ।

‘‘तलब संघबाट र काम स्थानीय तहमा हुने भएकोले धेरै कर्मचारी अझै जान मानेका छैनन्’’, उनले भने, ‘‘त्यसैले जहाँ खटिएका छन् त्यहीँ तलब पठाउने हो भने कर्मचारी तलबका लागि भए पनि स्थानीय तहमा जान्छन् । ’’

उहाँका अनुसार आउँदो आर्थिक वर्षदेखि स्थानीय तहमा दरबन्दीअनुसार करीब ५७ हजार कर्मचारीको तलब सम्बन्धित स्थानीय तहमा पठाइने छ ।