आर्थिक

चकलेट लभरका लागि दुःखद खबर

काठमाडौं । सरकारले चकलेटको अन्तःशुल्क कर बढाउने भएको छ । आर्थिक बर्ष ०७५÷०७६ को बजेट भाषणमा विदेशबाट आयातित चकलेटको अन्तशुल्क कर बृद्धिको घोषणा गरिएको हो । सरकारको यो घोषणसँगै चकलेटमा मूल्यबृद्धि हुने भएको छ ।

सरकारले चिनि र कोका मिसिएका चकलेटमा ५ प्रतिशत अन्तःशुल्क लगाउने घोषणा गरेसँगै केही चकलेट प्रेमिलाई भने दुःखद तुल्याएको छ ।

देशमै उत्पादन भएका चकलेटमध्ये कोका मिसाइएका चकलेटमा अन्तःशुल्क कर लाग्ने तर चिनी मात्रै मिसाएका चकलेटमा कर नलाग्ने सरकारको बजेट बक्तब्यमा उल्लेख छ ।