राजनीति

गगन थापा प्रधानमन्त्रीमाथि खनिएपछि माईक काटियो(भिडियो)

काठमाडौं । नेपाली काग्रेसका प्रभावशाली युवा नेता गगन कुमार थापाले संसदमा बालकृष्ण ढुङ्गेल रिहाइका विरुद्ध खबरदारी गरेका छन् । ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठ हत्या अभियोग लागेका ढुङ्गेललाई कैद मिनाहा गर्नु मनपरीतन्त्र भएको भन्दै नेता थापाले आक्रोश व्यक्त गरेका हुन् । उनले मंगलबार साझँ संसदमा बोल्दैँ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् ।

पूर्व सांसद ढुङ्गेलको रिहाइ अदालत र कानुनी राज्यको खिल्ली उडाउनु बाहेक अरु थोक नभएको नेता थापाको दाबी छ । गम्भीर फौजदारी अभियोग लागेका व्यक्तीलाई छुटाएर सरकारले अधिनायकवादको बाटो अंगालेको नेता थापाको आरोप छ ।

उनले जथाभावी निर्णय गर्न प्रधानमन्त्री ओली राजा नभएको बताएका छन् । पूर्वमन्त्री समेत रहेका थापाले राजतन्त्र अन्त्य भइसकेकाले गणतन्त्रमा अपराधीलाइ चालनचलन ठिक भएको भन्दै जेलमुक्त गराउनु सरासर संविधानविपरित भनेका छन् । संसदमा २ मिनेट बढी बोलेका थापा बोलिरहदाँ सबै दलका सबै प्रतिनिधीका कान ठाडा भएका थिए ।

संसदमा दुइ मिनेट बोल्न समय पाएका उनले निर्धारित समय सकिएपछि पनि बोलिरहदाँ सभामुख कृष्ण बहादुर महराले माइकको आवाज बन्द गराएका थिए । सरकार गलत नजिर बसाल्दैँ हुकुमी शासन तर्फ अग्रसर भएको तर यो गणतन्त्र भएकाले राजाको जस्तो हुकुमी शासन देश र जनतालाइ कुनै पनि हालतमा मान्य नहुने उनको भनाई थियो ।

यसैबीच, नेता थापाले ट्वीट गर्दै भनेका छन्, गम्भिर फौजदारी अभियोगमा दण्डित व्यक्ति जो अपराध स्वीकार्दैन बरु अदालतलाई चुनौती दिन्छ । के राम्रो आचरण भनेर माफी दिन मिल्छ ? अर्कोतर्फ अदालतमा छलफलरत विषयमा निर्णय गरेर सरकारले अदालतलाई हेपेको छ । यसले विधिको शासनको खिल्ली उडाएको छ ।

नेपाली कांग्रेसमा बारम्बार नेता थापा मात्रै संसदमा बोल्ने गरेका छन् । सभापती लगायत अन्य नेता मौन बसेका हुन्छन् । सर्वस्वसहित जन्मकैदको फैसला सुनाईएका नेकपा नेता ढुङ्गेललाई गणतन्त्र दिवसको अवसरमा कैद मिनाहा गरिएको छ । सरकारका पछिल्ला गतिविधीले देशमा सुशासनको सट्टा भ्रष्टाचार र कालोबजारी झन्झन् मौल्याउदैँ जाने संकेत गरेको छ ।

ओली सरकारले बाहिर बाहिर सुशासनका भाषण गरिरहँदा भित्र भित्र हत्यारा भनिएका बालकृष्ण ढुङगेलहरु छुटाउदैँ गयो भने अबको ५ बर्षमा सुशासन, विकास र समृद्धिमा गम्भीर आशङ्का गर्ने ठाउँ प्रशस्तै देखिएको छ ।