सामाजिक सञ्जाल

फेसबुकको ‘मृत्यु’ नै हुन्छ त ?

काठमाडौं । पछिल्ला केही वर्षहरुमा सामाजिक सञ्जाल फेसबुक धेरै पटक विवादमा आएको छ । कहिले विज्ञापनलाई लिएर त कहिले न्युज फिडमा गरेको हेरफेरलाई लिएर फेसबुक विवादमा आइरहन्छ ।

हालसालै फेसबुकलाई आफ्नो प्रगोगकर्ताको व्यक्तिगत सूचना उनीहरुको अनुमति बिना तेस्रो पक्षलाई बेचेको आरोप लागेको थियो ।
यो विवादपछि फेसबुक ‘मृत्यु’को नजिक रहेको भविष्यवाणी गरिएको छ ।

यदि यसो भयो भने कुनै आश्चर्य हुनेछैन किनभने, धेरै कम्पनीहरु विवादमा परेपछि बर्बाद भएका छन् । सामाजिक सञ्जालसँग जोडिएका धेरै कम्पनीहरु पनि ‘मृत्यु’को यात्रामा गइसकेका छन् ।

यस्तोमा यदि फेसबुकको अन्त्यको भविष्यवाणी भइरहेको छ भने गलत के छ त रु तर, यस्तो हुनु अहिल्यै सम्भव भने देखिँदैन ।

प्रश्नहरुको सामना

अघिल्लो महिना फेसबुकका सीईओ मार्क जुकरबर्ग अमेरिकी संसदको कमिटीको कडा प्रश्नहरुको सामना गरिरहेका थिए ।

जुकरबर्ग आफ्नो कुराले अमेरिकी संसदलाई उनको सामाजिक सञ्जाल पश्चिमी देशको लोकतन्त्रका लागि खतरा नभएको यकिन दिलाउन कोसिस गरिरहेका थिए । उनले आफ्ना प्रयोगकर्ताहरुको निजी जानकारीहरु लापरबाही नगरेको बताएका थिए ।

यो सुनुवाईको क्रममा जुकरबर्गले उनको कम्पनीले आफ्नो सेवाहरुको प्रयोग फेक न्यूजको रुपमा हुनबाट रोक्नका लागि जरुरी कदम नउठाएको कुरा पनि स्वीकार गरे ।

त्यस्तै उनको वेबसाइटले दोस्रो देशका चुनावमा हुने हस्तक्षेप रोक्नको लागि डाटा लिक रोक्न पुरै तरिकाले उपयुक्त कदम उठाएको थिएन ।

यसै वर्ष मार्चमा ब्रिटेनको कम्पनी क्याम्ब्रिज एनालिटिकाले फेसबुक प्रयोगकर्ताहरुको सूचनाहरु उनीहरुको जानकारी बिना प्रयोग गरेको थियो ।

यस काण्डलाई लिएर अमेरिका मात्रै होइन, अन्य देशहरुमा पनि धेरै बबाल भयो । यसपछि कम्पनीले आफ्नो गल्ती स्विकार गर्‍यो र आफ्नो कामकाजको तरिकामा सुधार गर्ने बाचा गरेको थियो ।

अमेरिकी संसदपछि मार्क जुकरबर्गले युरोपियन युनियनको संसदको पनि सामना गरेका थिए, जहाँ उनले अमेरिकामा भन्दा पनि मुस्किल प्रश्नहरु झेल्न परेको थियो । युरोपले आफ्ना नागरिकहरुको निजी जानकारीहरु सुरक्षित गर्नको लागि जनरल डाटा प्रोटेक्सन रेगुलेसन पनि लागू गरिसकेको छ ।

फेसबुक बन्द हुने भविष्यवाणी

जसरी फेसबुकको लोकप्रियता बढ्यो, त्यसरी नै यसको बर्बादीको भविष्यवाणी पनि हुन थाल्यो ।

सन् २०१४ मा अमेरिकाको प्रिंस्टन युनिभर्सिटीले सन् २०१५ बाट २०१७ सम्ममा फेसबु्कले ८० प्रतिशत प्रयोगकर्ता गुमाउने भविष्यवाणी गरेको थियो । यो अनुमान क्याम्ब्रिज एनालिटिका स्क्यान्डल सार्वजनिक हुनुभन्दा धेरै पहिले गरिएको थियो ।

अक्सफोर्ड युनिभर्सिटीका बर्गी हेगन भन्छन्, ‘फेसबुक पुरै डिजिटल इकोसिस्टममा यसरी जोडिएको छ कि यसलाई अलग गर्न असम्भव जस्तै छ । तपाईलाई धेरै वेबसाइटसँग जोडिन फेसबुक लगइन गर्नुपर्छ । सिनेमाको टिकट किन्नदेखि अनलाइन सपिङ जे पनि गर्न पनि फेसबुकको लगइन मागिन्छ । यस्तोमा कसरी फेसबुकबाट अलग हुन सकिन्छ ।’

मनोवैज्ञानिकहरु भन्छन्, फेसबुकले मानिसहरुको एक आधारभुत आवश्यकतालाई पनि पुरा गरेको छ । त्यसैले अहिले नै यसको मृत्युको भविष्यवाणी गर्नु गलत हुन्छ ।

हरेक मानिस अरुसँग जोडिन चाहन्छ । आफ्नो सुखदुःख, सफलता, प्रसिद्धि उपलब्धी अरुलाई बाँड्न चाहन्छन् र फेसबुकले यो आवश्यकतालाई पूरा गरेको छ । फेसबुकबाट हट्नका लागि ‘डिलिट फेसबुक’ जस्ता नामका विभिन्न आन्दोलनहरु चले त, पनि धेरै जसो प्रयोगकर्ताहरु केही समयपछि नै फेसबुकमा फर्किए ।

अमेरिकाको विकान्सिन युनिभर्सिटीकी प्रोफेसर क्याटलानिया टोमा भन्छिन्, ‘फेसबुक चलाउन छोड्ने धेरै मानिसहरु पछि फेरि फर्किएका छन् । यसको कारण प्रष्ट छ, सामाजिक सञ्जालले एक मानिसको अरुसँग जोडिने आधारभूत आवश्यकतालाई पूरा गर्छ । फेरि फेसबुकमा एक अर्कासँग जोडिनुका फाइदा पनि छन् ।’

प्रयोगकर्ता घटेका छैनन्

क्याटालोनिया टोमा भन्छिन्, ‘तपाईलाई यसबाट सहानुभूति मिल्छ, सल्लाह मिल्छ, सुझाव मिल्छ, जागिर खोज्न सहयोग पुग्छ, पुराना साथी खोज्न सजिलो हुन्छ । यसको कारण प्रष्ट छ, सामाजिक सञ्जालले एक मानिसको अरुसँग जोडिने आधारभुत आवश्यकतालाई पूरा गर्छ । फेरि फेसबुकमा एक अर्कासँग जोडिनुका फाइदा पनि छन् ।

यही कारणले पनि मानिसहरु फेसबुकमा जोडिन्छन्, यसलाई केही समय चलाउन छोड्छन् तर, फेरि फर्केर आउँछन् ।

त्यसै कारणले पनि पटकपटक विवादमा आँउदा पनि फेसबुकको प्रयोगकर्ताको सङ्ख्या घटेको छैन ।

फेसबुकको ‘मृत्यु’ नै हुन्छ त ?

क्याम्ब्रिज एनालाटिका स्क्यान्डलपछि फेसबुकका सीइओ मार्क जुकरबर्गले ८।७ करोड फेसबुक प्रयोगकर्ताहरुबाट उनीहरुको निजी जानकारी चोरिएकोमा माफी मागे ।

यसपछि फेसबुकको आम्दानी धेरै नै घट्यो होला भनेर सोच्नुभएको छ भने तपाई गलत हुनुहुन्छ । न्युयोर्क युनिभर्सिटीका मार्केटिङका प्रोफेसर स्कट ग्यालोवेका अनुसार फेसबुकका कारोबार तीव्र रुपमा बढिरहेको छ र यो अझै बढ्नेछ ।

प्रोफेसर स्कट भन्छन्, ‘मानिसहरु सामाजिक सञ्जालको खेलबाट रिसाएका छन् । तर सोच्नुहोस्, उनीहरु आफ्नो रिस कहाँ पोख्छन् रु त्यही सामाजिक सञ्जालको प्लेटर्फममा १’

प्रोफेसर स्कट भन्छन्, ‘फेसबुकका औसत २।२ अरब मासिक प्रयोगकर्ता छन् । यस्तोमा ठूला कम्पनीहरुले फेसबुकलाई विज्ञापन दिनबाहेक अरु बाटो छैन । त्यसैले फेसबुकको अन्त्य यति छिट्टै हुदैन ।’ -बीबीसी