समाचार

दक्षिण कोरिया जाने नेपाली कामदारलाइ खुसीको खबर

काठमाडौं । दक्षिण कोरियामा नेपाली कामदार भित्रिने रोजगार प्रणाली ईपिएसको कोटा सन् २०१९ का लागि १० हजार २०० तोकिएको राजदूत अर्जुनजंगबहादुर सिंहले जानकारी दिएका छन् ।

मंगलबार सोलमा आयोजित कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् ।

सिंहले अघिल्लो वर्षको तुलनामा कोटा बढेको बताए ।

यसै वर्ष नेपाल र कोरियाबीच ईपिएसको पुनः सम्झौता गरिने उनले जनाए । –कान्तिपुर दैनिकबाट