शिक्षा

भर्ना हुने उमेरका ९६ प्रतिशत विद्यार्थी भर्ना

काठमाडौँ । कक्षा १ मा भर्ना हुने उमेरमध्येका झण्डै ९६ प्रतिशत विद्यार्थी भर्ना भएका छन् ।

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार विद्यालयमा भर्ना भएका विद्यार्थीमध्ये कक्षा १० सम्म टिकाउ दर ५७।१ प्रतिशत पाइएको छ । कक्षा १२ सम्मको टिकाउ दर १७।२ प्रतिशत मात्र रहेको छ ।

शैक्षिक सत्र २०७४ मा प्राथमिक तहको खुद भर्नादर ९७।२ प्रतिशत, आधारभूत तह (कक्षा १ देखि ८) को ९२।३ प्रतिशत र माध्यमिक तह (कक्षा ९ देखि १२) को खुद भर्नादर ४३।९ प्रतिशत पुगेको छ ।

आव २०७३/०७४ मा कूल गार्हस्थ्य उत्पादनमा शिक्षा क्षेत्रको हिस्सा ७।२ प्रतिशत रहेकामा चालू आवमा यस क्षेत्रको हिस्सा ७।१७ प्रतिशत रहने अनुमान छ । चालू आवमा शिक्षा क्षेत्रको वृद्धिदर ४।८ प्रतिशत रहने अनुमान छ ।

आव २०७४/०७५ मा सरकारीस्तरबाट ३० हजार ४४८ र निजीस्तरबाट ६ हजार १२० गरी कूल ३६ हजार ५६८ र प्रारम्भिक बालविकास/पूर्व प्राथमिक शिक्षा केन्द्रमार्फत नौ लाख ५७ हजार बालबालिका लाभान्वित भएका छन् ।