राजनीति

ओली सरकारले प्रस्तुत गरेको बजेट हावादारीः नेता केसी

काठमाडौं । अर्थमन्त्रीले मंगलबार संसदमा प्रस्तुत गरेको बजेटलाई नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले कपोलकल्पित बजेटको संज्ञा दिएका छन् । सरकारले जनताका आँखामा छारो हाल्न खोजेको आरोप लगाएका हुन् ।

नुवाकोट जिल्ला सभापती समेत रहेका केसीले भने, ‘ यो पनि गर्ने भन्या छ, त्यो पनि गर्ने भन्या छ श्रोतको कुनै ग्यारेन्टी छैन । सधै झै जनतालाई झुक्याउने ? ’

नीति कार्यक्रम जस्तै बजेट पनि विनास्रोतको आएको नेता केसीको दाबी छ । जनताको अत्यधिक मत पाएको बलियो सरकारले जनतालाई लात मार्न खोजेको बताउदैँ उनले भने, ‘स्थायी र बलियो सरकारले जे दिनु पर्ने हो त्यो देखिएन । ’

बजेट समावेशी नभएको तर्क गर्दै नेता केसीले सरकारले प्रस्तुत गरेको बजेटलाई हावादारी भनेका छन् ।