आर्थिक

बजेट समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई साकार पार्ने खालकोः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको बजेट समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई साकार पार्ने गरी आएको बताएका छन् ।

संघीय संसद्को संयुक्त बैठकपछि आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “ठूला सपना देखाउनेभन्दा पनि यथार्थ धरातलमा टेकेर व्यवहारिक रुपमा बजेट आएको छ, यसले समृद्ध नेपालको आधार तय गर्नेछ ।”

करको लक्ष्य कसरी हासिल हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले करका दायराहरूलाई बढाउँदै लगेर लक्षित राजश्वलाई उठाइने बताए ।

वुद्धभत्ता वृद्धि नभएको भन्ने सम्बन्धमा उहाँले अघिल्लो सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा आर्थिक अनुशासन पालना नगरेकाले अहिले लोकप्रिययताका लागि