अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्रीको पाँच दिने भ्रमण

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इन्डोनेसिया, मलेसिया र सिङ्गापुरको पाँच दिने भ्रमणको क्रममा मङ्गलबार जकार्ताका लागि प्रस्थान गरेका छन् ।

उहाँले मे २९ बाट जुन २ सम्म पाँच दिनसम्म यी तीन देशको भ्रमण गर्न लागेका जनाइएको छ । आजबाट सुरु भएको यस भ्रमणको क्रममा मोदी सुरुमा इन्डोनेसिया पुग्नेछन्।

इन्डोनेसियामा रहँदा उनले द्विपक्षीय हितका विविध विषयमा वार्ता गर्नुका साथै विविध विषयमा दुई देशका बीचमा सम्झौता पनि गर्ने बताइएको छ ।

इन्डोनेसियाको दुइदिने भ्रमणपछि उनी सिङ्गापुरमा एक दिन रहनेछन् । त्यसैगरी अर्को छिमेकी देश मलेसियामा उहाँको दुई दिनको भ्रमण हुनलागेको पनि भारतीय विदेश मन्त्रालयले जनाएको छ । -रासस÷सिन्ह्वा