आर्थिक

मन्त्रिपरिषद्द्धारा बजेट पारित

काठमाडौँ । मन्त्रिपरिषद्ले आज सङ्घीय संसद्मा पेश गरिने आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि तयार गरिएको आयव्ययको अनुमान पारित गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आज साँझ वार्षिक आय–व्यय अनुमान (बजेट) संसद्को दुवै सदनमा प्रस्तुत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

संघीयता कार्यान्वयनपछि सरकारले पहिलो पटक संघीय संसद्मा आगामी आवको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दैछ । संघीय संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार अर्थमन्त्री डा युवराज खतिवडाले आव २०७५÷७६ को राजश्व र व्ययको वार्षिक अनुमानको प्रति संसद्को दोस्रो बैठकमा टेबुल गर्नेछन् ।

बैठकमा डा खतिवडाले विनियोजन विधेयक–२०७५, आर्थिक कार्यविधिसम्बन्धी विधेयक–२०७५ र राष्ट्र ऋण उठाउने विधेयक–२०७५ पनि पेश गर्दैछन् ।