आर्थिक

चिनी उद्योगको ढोकामा धर्ना

– गोपालप्रसाद बराल / बर्दिवास । मुलुकमा ११औँ गणतन्त्र दिवस उत्सव मनाइरहँदा महोत्तरी जिल्लाका उखु किसान भने आफ्नो उत्पादनको मूल्य माग्दै चिनी उद्योगको ढोकामा अझै धर्ना जारी राख्न बाध्य छन् ।

जिल्लाको गौशाला नगरपालिकाको रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इन्डिष्ट्रिज ९एभरेष्ट चिनी उद्योग० ले उखुको भुक्तानी नदिएपछि किसान आफ्नो उत्पादनको मूल्य माग गर्दै धर्नामा बस्न बाध्य भएका हुन् ।
उद्योगमा गत मंसिरमा उखु क्रसिङ सञ्चालन भएपछि अहिलेसम्म उखुको मूल्य नपाएकाले जेठ ६ गतेदेखि धर्ना शुरु गरेका हुन् । उत्पादनको माग्दै धर्नामा बस्नु परे पनि स्थानीय प्रशासनले कुनै वास्ता नगरेको सम्बद्ध किसानको गुनासो छ ।

‘देशभरि नै आज गणतन्त्र दिवसको उत्सव मनाइँदै छ रे’ उखुको मूल्य देउ भन्दै उद्योगको ढोकमा धर्ना बसेका उखु उत्पादक कृषक संघका अध्यक्ष नरेशसिंह कुशवाहाले भने, “हामी किसानले भने यो राष्ट्रिय पर्वका दिन उखुको मूल्य देऊ भन्दै धर्नामा बस्नु परिरहेछ ।”

उद्योगले सधैँजसो कहिले मूल्यमा र कहिले भुक्तानीमा बखेडा गर्दै आएको किसान बताउँछन् । “उखु तयार भइसकेको हुन्छ, उद्योगले कहिल्यै ठीक समयमा मूल्य निर्धारण गरिदिँदैन, मूल्य निर्धारणका लागि पनि वर्षेनी झमेला हुँदै आएको छ”, संघका सचिव जयराम भारतीले भने, “उखु उद्योगलाई दियो, भुक्तानीमा उही बखेडा छ, उत्पादनको मूल्य समयमा नपाए हामीले कसरी घरपरिवार धान्ने रु”

मूल्य निर्धारणदेखि भुक्तानीसम्म निकै भुक्तमान खेप्नु परेको सम्बद्ध किसानले बताए । “हाम्रो उत्पादन ९उखु० जति गुलियो छ, पीडा चाहिँ ठीक उल्टो त्यति नै तितो छ” भारतीले लामो श्वास लिँदै भने, “खेती गर्ने बेलादेखि उखु खरिद केन्द्र र उद्योगको ढोकासम्म उखु आपूर्तिका लागि पूर्जी लिनसमेत आन्दोलन नगरी सुनुवाइ गरिँदैन ।”

आफ्नो उत्पादनको सुपथ मूल्य नपाउँदा पारिवारिक आवश्यकता पूरा गर्नआफुहरु ऋणमा डुबेको किसानहरू बताउँछन् । “हामीले आफ्नो उत्पादनको सुपथ मूल्य माग्दै आन्दोलन गर्नु पर्ने रु” उखु किसान रामपरी देवीले स्थानीय प्रशासन र उद्योग प्रशासनको हेलचेक्रयार्इंप्रति जङ्गिँदै भने, “अब त मूल्य पाउन पनि वार्ता चाहियो रे १” पछिल्लो पटक किसानको धर्ना आन्दोलन १० दिन पुगेपछि उद्योगका वाणिज्य प्रबन्धक रामचरण कापरले वार्तामा आउन भन्दै पत्र दिएको बारे रामपरी देवीले भने, “हामीले दिएको उखुको पैसा मागेको त हो नि १ थपक्क पैसा दिनु क्या, अब केको वार्ताको नाटक नि १”

उद्योगका वाणिज्य प्रबन्धकले वार्ताको पत्र दिएको संघका अध्यक्ष कुशवाहाले पनि पुष्टि गर्नुभयो तर किसानको भुक्तानीका लागि अब वार्ताको जरुरी नभएकाले आपूmहरु धर्ना नछाड्ने कुशवाहाको भनाइ थियो । स्थानीय प्रशासनदेखि प्रदेश सरकारसम्मलाई भुक्तानी दिलाउन पहल गरिदिन पटक पटक आग्रह गर्दासमेत कहीँ कतैबाट वास्ता नपाइएको आम उखु किसानले गुनासो गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले भने किसानले पहिलेदेखि नै आपूmले भुक्तानीका लागि उद्योग प्रशासन र किसानबीच निरन्तर समन्वय गरिरहेको बताए । “मैले उद्योग प्रशासन र किसान प्रतिनिधिबीच भुक्तानी प्रक्रिया सहज बनाउन प्रत्यक्ष पहल गर्दै आएको छु, दुवै पक्षसँग ताजा सम्पर्कमा छु” प्रजिअ श्रेष्ठले भने, “खासगरी उद्योग प्रशासनलाई तत्काल किसानको माग सम्बोधन गर्न अहिले भर्खरै पनि भनेको छु ।”

यसैगरी आफ्नो उत्पादन बजार गएर भुक्तानी पाउन थालेपछि किसानको भुक्तानीसँगसँगै दिइँदै आइएको उद्योग प्रशासनले जनाएको छ । यसपालि पनि किसानको भुक्तानीका लागि तालिका नै बनाएर किस्तामा भुक्तानी गरिँदै आइएको वाणिज्य प्रबन्धक कापरले बताए । “किसानले आफ्ना समस्या बताउनुभएको छ” कापरले भने, “उद्योग किसानका मागप्रति गम्भीर छ, हामी बसेर कुराकानी गरौँ भनेर प्रस्ताव गरेका छौँ, तत्काल समस्या सल्टाउँछौँ ।”

महोत्तरी, धनुषा, सर्लाही र रौतहटका गरी २५ हजारभन्दा बढी उखु किसानले दिएका उखुको रु एक अर्ब ७८ करोड ९९ लाख ७२ हजार ६५७ भुक्तानी दिन बाँकी छ । यसपालिको जम्मा रु दुई अर्ब २२ करोड भुक्तानी पाउनु पर्नेमा रु ४४ करोडमात्रै भुक्तानी पाइएको अध्यक्ष कुशवाहाले बताए।

समयमा मूल्य नतोकिनु, भुक्तानीमा हैरानी हुन थालेपछि यस क्षेत्रमा प्रमुख बालीका रुपमा रहेको उखुखेती विगतको वर्षभन्दा झण्डै ५० प्रतिशतले घटेको अध्ययनले देखाएको छ ।