देश

पाँच कैदीको कैद मिनाहा

रुपन्देही । गणतन्त्र दिवसका अवसरमा आज जिल्लामा पाँच कैदीको कैद मिनाहा भएको छ ।

उनीहरुले पाँच महिना सात दिनदेखि छ वर्ष नौ महिना एक दिनसम्म कारागारमा कैद भोगेको जिल्ला कारागार कार्यालयले जनाएको छ ।

कैद मिनाहा भएकामा कर्तव्य ज्यान मुद्दाका बुटवल उपमहानगरपालिका–१३ का रामु राना (छ वर्ष नौ महिना एक दिन), कर्तव्य ज्यान मुद्दाका रुपन्देही, मैनहियाका गोविन्दप्रसाद उपाध्याय (एक वर्ष दुई महिना २५ दिन), मायादेवी गाउँपालिका–७ का खुन तथा डाँका मुद्दाका सन्तकुमार यादव (पाँच महिना सात दिन), सैनामैना नगरपालिका–१० का सवारी ज्यान मुद्दाका मनोज कुँवर (एक वर्ष दुई महिना १३ दिन) र कपिलवस्तुको डाँका मुद्दाका लक्ष्मण यादव भनिने लक्ष्मिन अहिर (तीन वर्ष सात महिना १४ दिन) छन् ।

कैदमा बस्दा उनीहरुको चालचलन र व्यवहारको मूल्याङ्कन गरेर कारागार प्रशासनको सिफारिसका आधारमा कैदीको कैद मिनाहा भएको जिल्ला कारागार रुपन्देहीका जेलर प्रेमबहादुर रोकाले भने । उनले भ्रष्टाचार, जबर्जस्ती करणी र मानव बेचबिखन मुद्दाका बारेमा त्यस्तो सिफारिस नहुने बताए ।