देश

१० कैदीबन्दीलाई माफी

भीमदत्तनगर । गणतन्त्र दिवसका अवसरमा आज बिहान कञ्चनपुर कारागार भीमदत्तनगरबाट १० कैदीबन्दीको कैद मिनाहा भएको छ ।

असल चालचलन हुनाका साथै कैद सजाय छोट्याउन उपयुक्त देखिएका यहाँका विभिन्न मुद्दामा कैद सजाय भोगिरहेका पुरुष कैदीबन्दीको कैद मिनाहा भएको कञ्चनपुर कारागार प्रशासनले जनाएको छ । कर्तव्य ज्यान, सवारी ज्यान, कुटपिट, अंगभंगलगायत मुद्दाका कैदीको सजाय मिनाहा भएको हो ।

कैद मिनाहा हुनेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका मोहन ऐर, बैतडीका लक्ष्मणदत्त पन्त, कृष्णपुर नगरपालिकाका सीताराम डगौँरा, बेलौरीका देवप्रसाद चौधरी, कृष्णपुरका प्रेमसिंह राना, शुक्लाफाँटाका छोटे राना, भीमदत्तनगरपालिकाका गणेश लुहार र नरेश राना, डोटीका भक्तबहादुर बयाडी र बेदकोट नगरपालिकाका पुष्करराज पाण्डेय छन् । कञ्चनपुर कारागार प्रशासनले १३ जनाको कैद मिनाहाका लागि सिफारिस गरेको थियो ।