अन्तर्राष्ट्रिय

अमेरिकी उत्तर कोरियाली अधिकारीबारे सिंगापुरबाट आयो यस्तो समाचार

सिंगापुर । उत्तर कोरियाली एकजना उच्च अधिकारीले नेतृत्व गरेको एक उच्चस्तरीय प्रतिनिधिमण्डल मङ्गलबार सिंगापुर पुगेको समाचार छ ।

उत्तर कोरियाली नेता किम जोङ उनका विशेष दुतका रुपमा उत्तर कोरियाली रक्षा विभागका प्रमुख किम चाङ सोनसहितको उक्त प्रतिनिधिमण्डल सिंगापुर पुगेको जापानी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

अमेरिकी राष्ट्रपतिसँगको वार्ताको तयारीका लागि ती अधिकारीहरु सिंगापुर पुगेका जापानी समाचार संस्था एनएचकेले जनाएको छ ।

उक्त समाचार संस्थाका अनुसार उत्तर कोरियाली रक्षा विभागका प्रमुख किम र केही अमेरिकी अधिकारीहरु पनि त्यहाँ पुगेका हुन् ।

मङ्गलबार केही अमेरिकी उच्च अधिकारी पनि सोमबार राति जापान हुदै सिंगापुर पुगेका थिए । अमेरिकी अधिकारी ह्वाइट हाउसका उपसचिव जोय हाजिनको नेतृत्वमा रहेको छ ।

दुई नेताबीचको शिखर वार्ता अघि ती दुई देशका अधिकारीहरुले संयुक्त रुपमा अग्रिम तयारीका कार्यहरु गर्ने भएका प्राप्त समाचारमा जनाइएको छ ।

आगामी जुन १२ मा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच शिखर वार्ता हुने छ ।

यस शिखर वार्ताको बारेमा सिंगापुरको विदेशमन्त्रालयले पनि यसअघि नै पुष्टि गरेको छ । यस वार्ताबारे विश्वमा नै निकै ठूलो चासो फैलिएको छ ।

उता यसै वार्ताको आवश्यक तयारीका लागि भन्दै एकजना उत्तर कोरियाली उच्च अधिकारी मङ्गलबार अमेरिकाका लागि प्रस्थान गरेको अर्को समाचारमा जनाइएको छ । -रासस÷सिन्ह्वा