अन्तर्राष्ट्रिय

पत्रकार रिहा गर्न राष्ट्रसंघको माग

त्रिपोली । लिबियामा रहेको संयुक्त राष्ट्रसंघीय मिसनले लिबियाको जेलमा राखिएका दुई जना पत्रकारलाई तुरुन्त रिहा गर्न माग गरेको छ ।

लिबिया सरकारले ती दुई जना पत्रकारलाई बिना पक्राउ पुर्जी थुनामा राखिरहेकोले उनीहरुको रिहाइका लागि माग गरेको हो ।

दुई जना पत्रकारलाई लिबिया सरकारले अप्रिलको अन्तिम हप्तादेखि थुनामा राखेको छ । तर उनीहरुलाई के कति कारणले पक्राउ गरिएको हो भन्ने बारेमा मौखिक रुपमा बताएको भएपनि पक्राउ पुर्जी दिइएको छैन ।

बिना पक्राउ पुर्जी र कारण पत्रकारहरुलाई सरकारले नै यसरी लामो समयसम्म थुनामा राख्दा प्रेस स्वतन्त्रता तथा नागरिकको विचार तथा अभिव्यक्ति अधिकार हनन् भएको भन्दै उनीहरुको रिहाइको माग गरेको हो ।

लिबियामा शान्ति स्थापनाको कार्यमा रहेको राष्ट्रसंघीय मिसन, युएनएसएमआइएलले ती पत्रकारको रिहाइको माग गरेको समाचारमा जनाइएको छ ।

पत्रकारलाई हिंसा फैलाएको मौखिक आरोप लगाउँदै यहाँको प्रहरीले गएको अप्रिल महिनाको अन्तिम साता उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरुका बारेमा सरकारले केही भनेको छैन । तर उनीहरुलाई मुद्धा हेर्ने अधिकारीकोमा समेत उपस्थित नगराइएको र पक्राउ पुर्जी पनि नदिइएको बताइएको छ ।

यहाँका पत्रकारितासम्बन्धी संघ संस्थाहरु तथा मानवअधिकारवादीहरुले पनि उनीहरुको रिहाइको माग गरिरहेका छन् । -रासस÷सिन्ह्वा