राजनीति

देउवाले दिए सरकारलाई यस्तो च्यालेन्ज !

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले लोकतान्त्रिक एवम् समाजवादी आचरणलाई व्यवहारबाटै पुष्टि गरेर प्रदर्शन गर्न च्यालेन्ज गरेका छन् । गणतन्त्र दिवसमा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सरकारलाई यस्तो च्यालेन्ज गरेका हुन् ।

सभापती देउवाले कम्युनिष्टहरुमा प्रजातान्त्रिक गुण हुनु खुसीको कुरा भएको तर त्यसलाई व्यवहारमा लागुगर्नुपर्ने बताए । ईतिहासकै शक्तिशाली सरकार बनेकाले अब सरकारलाई काम गर्न कुनै बहानाबाजी नचल्ने बताएका छन् ।

यसैबीच, उनले फरक प्रशंगमा संघीय सरकार चलाउन बाह्य लगानी भित्र्याउन सरकारलाई सुझाएका छन् ।