समाचार

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो अश्लील बनाइ फेसबुकमा पोेष्ट गर्ने जुगेँलाइ हतकडी

नवलपरासी । सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्ने एकजनालाई प्रहरीले समातेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको फोटोलाई दुरुपयोग गरी फेसबुकमा पोष्ट गर्ने सुरज भुुषाल (जुँगे)लाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

जुगेँ भनिने तोयाराज भुषाललाई सामाजिक संजालमा अश्लील स्टाटस अपलोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपुरले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार जुगेँलाई राष्ट्रपति र प्रधानमन्त्रीको फोटोलाई अश्लील रुप बनाई फेसबुकमा स्टाटससहित अपलोड गरेको आरोप लागेको छ । साईबर अपराधको यस मुद्धामा थप अनुसन्धान भईरहेको जनाएको छ ।