अन्तर्राष्ट्रिय

रुसी अर्बपती किन लिदैँछन् अर्को देशको नागरिकता ?

काठमाडौं । रुसका यहूदी अर्बपती कारोबारी र चेल्सी फुटबल क्लबका मालिक रोमन अब्रामोविच इजराइली नागरिकताका लागि योग्य भएपछि तेल अविव पुगेका छन् ।

आप्रवासन अधिकारीले बीबीसीलाई दिएको जानकारी अनुसार गत हप्ता मस्कोको दूतावासमा उनीसँग साक्षात्कार गरिएको थियो ।

अब्रामोविचले ब्रिटेनको भिसा पाउन प्रतिक्षा गर्नुपरेको थियो । उनका प्रवक्ताले इजराइलको नागरिकता पाएको खबरबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

५१ वर्षीय अब्रामोविच अब इजराइलका सबैभन्दा धनी व्यक्ति हुनेछन् ।

रिपोर्टका अनुसार उनको ब्रिटेनको इन्भेस्टर भीसा केही हप्ता अघि समाप्त भएको थियो । यसबारे प्रतिक्रिया लिन खोज्दा बेलायती सरकारले आफू व्यक्तिगत मामलामा टिप्पणी नगर्ने बताएको छ ।

ब्रिटेनमा पूर्वी जासुस सर्गेई स्क्रिपल र उनकी छोरीमाथि नर्व एजेन्टको हमलापश्चात् ब्रिटेन र रुसबीच बढिरहेको कूटनीतिक तनावका कारण उनलाई पुनः भीसा जारी गर्न ढिलाई भएको थियो ।

यसै महिना जब वेम्बली स्टेडियममा चेल्सीले एफए कपको फाइनलमा म्यान्चेस्टर युनाइटेडलाई हराएका बेला अब्रामोविच त्यहाँ उपस्थित थिएनन् ।

इजराइली मिडियाका अनुसार ‘ल अफ रिटर्न’ का अनुसार उनलाई इजराइलको नागरिकता दिइएको हो । यो कानून अनुसार यहूदीले इजराइलको नागरिकता लिन सक्छन् ।

द टाइम्स अफ इजराइलले गृह मन्त्रालयलाई उद्धृत गर्दै अब्रामोविच सोमबार इजराइल पुगेको जानकारी दिएको छ ।

अब्रामोविच इजराइल ओहोर–दोहोर गरिरहन्छन् । उनले सन् २०१५ मा तेल अविवमा एउटा होटल पनि खरिद गरेका थिए । रिपोर्टका अनुसार उक्त होटल अब उनको घर हो ।

इजराइलका पासपोर्टधारीहरुलाई कम अवधिका लागि भिसा बिना नै ब्रिटने आवत जावत गर्ने सहुलियत छ । फोर्ब्स पत्रिकाका अनुसार अब्रामोविचको कूल सम्पत्ति ११।५ अर्ब डलर छ ।

इजराइलको नागरिक बनेपछि अब्रामोविचलाई आर्थिक फाइदा पनि हुनसक्छ किनभने यहाँको नागरिकता लिएपछि १० वर्षसम्म विदेशबाट हुने कमाईको कर तिर्नुपर्दैन ।

को हुन् अब्रामोविच रु

– अब्रामोविच रुसका सबैभन्दा धनी व्यक्तिमा समावेश छन् । उनले सन् २००३ मा चर्चित फुटबल क्लब चेल्सी खरिद गरेका थिए ।

– सन् १९९० को दशकमा तेलको क्षेत्रमा अकूत सम्पत्ति हाँसिल गर्नुअघि उनी खेलौना बेच्ने गर्दथे ।

– कुनै बेला उनी दिवंगत उद्योगपती बोरिस बेरेजोव्कीका व्यापारिक साझेदार थिए । बोरेजोव्की पूर्व रुसी राष्ट्रपति बोरिस येलत्सिनका नजिकका व्यक्ति थिए ।
बीबीसी

– आलोचकका अनुसार यी दुई उद्योगपतीले क्रेमलिन ९रुसी सरकार० मा आफ्नो सम्पर्कको प्रयोग गरेर सरकारी तेल कम्पनीलाई निकै कम मूल्यमा खरिद गरेका थिए ।

– अब्रोमोविच रुसको चुकोट्का प्रान्तका गर्भनर पनि बनिसकेका छन् ।

– अब्रोमोविचलाई रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका नजिकका व्यक्ति मानिन्छन् । एजेन्सी