देश

विराटनगरस्थित ‘फिल्ड अफिस’ मा भारतको दादागिरी, अफिस अझै हटाईन्

काठमाडौं । विराटनगरको ‘फिल्ड अफिस’ हटाउने निर्णय सार्वजनिक गरेको एक साता बितिसक्दा पनि भारतीय पक्षले कार्यालय बन्द गर्ने सुरसार गरेको छैन ।

उल्टै ‘कुनै जानकारी नआएको’ भन्दै फिल्ड अफिसका कर्मचारी नियमित काम गरिरहेका छन् ।

भारतीय विदेश मन्त्रालयले हटाएको निर्णय सार्वजनिक गर्ने तर उसकै मातहतको एउटा सानो एकाइ भने ‘जानकारी नआएको’ भन्दै अड्डा जमाइरहने अनौठो दृश्य देखिएको छ

निर्णय सार्वजनिक भएको एक साता पूरा भइसक्दासम्म मलायारोडस्थित फिल्ड अफिसको प्रांगणमा भारतीय राष्ट्रिय झण्डा फर्फराइरहेको छ । –नागरिक दैनिकबाट