देश

गृहमन्त्रालयका ३८ हजार तक्मालाई यसो गरिदैँछ !

काठमाडौं, जेठ १५ । सरकारले विभिन्न व्यक्तिहरुलाई प्रदान गर्ने मानपदवी÷अलंकार (तक्मा) लगायतका सामान १ वर्षभित्र लिन नआए खारेज गर्ने भएको छ ।

त्यसरी खारेज गरिएका मानपदवी, अलंकार तथा विभूषण लिलामी गर्ने सरकारको तयारी छ ।

२०६२र०६३ को जनआन्दोलनअघि राजाको जन्मोत्सवका दिन मानपदवी प्रदान गर्ने चलन थियो । जनआन्दोलनपछि भने गणतन्त्र दिवसका दिन यो पदवी राष्ट्रपतिबाट प्रदान गरिँदै आएकोमा गणतन्त्र अघि र त्यसपछिको अवधिमा प्रदान गरिएका करिब ३८ हजार तक्मा गृहमन्त्रालयमा बेवारिसे अवस्थामा छ ।

यी तक्मा निर्माणमा सरकारले १ अर्बको हाराहारीमा खर्च गरेको गृह मन्त्रालयकै अधिकारीको भनाइ छ । –कारोबार दैनिकबाट