समाचार

उम्किएकाहरुले नै फेरि सुन धन्दा थालेको सनसनीपूर्ण खुलासा

काठमाडौं । डेढ वर्षअघि बरामद ३३ किलो सुन तस्करी प्रकरणमा ‘उम्किएका’हरुले नै त्यही धन्दालाई निरन्तरता दिएको खुलेको छ ।

अहिलेको सुन तस्करी काण्डका मुख्य आरोपित ‘गोरे’ भनिने चुडामणि उप्रेतीसहितका व्यक्ति नै अघिल्लो प्रकरणका समेत आरोपित थिए, तर विभिन्न कारण देखाउँदै उनीहरुविरुद्ध मुद्दा चलाइएन ।

मुद्दाका प्रतिवादी सूचीबाट उम्किएपछि उनीहरु फेरि तस्करीमा सक्रिय भएको पछिल्लो प्रकरणको अनुसन्धानमा खुलेपछि उनीहरुमाथि गत वर्षकै मुद्दामा समेत जिल्ला अदालत काठमाडौंमा आरोपपत्र पेस गर्ने तयारी भएको छ । –कान्तिपुर दैनिकबाट