समाचार

जेलबाट निस्किएपछि ढुंगेल भन्छन्, ‘एक थाल भातमा बिक्ने पत्रकार र वकीलले मलाई फसाए’

काठमाण्डौ । सर्बोच्च अदालतबाट सर्बस्वसहित जन्मकैदकको फैसला सुनाईएका बालकृष्ण ढुंगेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई अपशब्द प्रयोग गरेका छन् । उनले गणतन्त्रका लागी आफूले गरेको योगदानलाई अवमूल्यन गर्दै देउवाले गणतन्त्र आएपछि मालिक बन्न खोजेको आरोप लगाएका छन् ।

माओबादी जनयुद्धकोकालबीचमा ओखलढुंगाका कुञ्जन श्रेष्ठको हत्या अभियोगमा परेको सर्बोच्च अदालतको मुद्धामा दोषी ठहर गर्दै तत्कालीन प्रत्यक्ष निर्बािचत साँसद समेत रहेका ढुंगेललाई सर्बश्वसहित जन्मकैदको सजाय सुनाइएपनि लामो समय प्रहरीले पक्राउ नगरेपनि अन्ततः उनी कठ्घरामा उभ्याईएका थिए । सर्बोच्च अदालतले जन्मकैदको सजाय सुनाएपनि बाबुराम भट्टराई प्रधानमन्त्री हुंदा कैद मिनाहाका लागी सिफारिस भएपनि जनताको बिरोधका कारण उक्त समयमा कैद मिनाहा हुन सकेको थिएन ।

पछिल्लो समयमा बाम एकता भएर प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचनमा उल्लेख्य मत पाएका माओबादी केन्द्र्र र एमालेको सरकार (हाल नेपाल कम्न्युष्ट पार्टी)ले गरेको कैद मिनाहाको सिफारिसलाई राष्ट्रपति भण्डारीले सदर गरेपछि ढुंगेल आज रिहा भएपछि आफू उत्साही र निराशा दुबै नभएको जनाएका छन् । उनले कालो कोट लगाएर हिँड्ने वकीलहरुलाई पनि गाली गरेका छन् ।

उनले आफू आफ्नो पार्टीको निर्देशन अनुसार मुलुकको समृद्धीका लागी लागीरहने बताउदै आफूलाई निकाल्न प्रयत्न गर्ने सरकारलाई धन्यबाद समेत दिएका छन् । उनले पत्रकारहरुलाई एक थाल भातमा बिकेर आफूलाई फसाएको आरोप जेलबाट निस्कनेबेला पत्रकारहरुकै सामु लगाएका छन् । उनले न्यायधीश र वकीललाई पनि कथित र एक थाल भातमा बिक्ने भनेका छन् । कतीपय पक्षलाई डलरबादीको संज्ञासमेत दिएका छन् ।

अझैपनि डलरबादीहरु आफूलाई जेलबाहिर देख्न नचाहेको आफूलाई लागेको बताउदै त्यसकृयाबाट आफूलाई उनीहरुसंग घृणा जागेको उनको भनाई छ ।