राजनीति

काँग्रेसले शसक्त प्रतिपक्षको भूमिका निर्बाह गर्न नसकेका कारण लोकतन्त्र गुम्ने खतरा बढ्यो : डा. कोइराला

काठमाण्डौ । नेपाली काग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संघीय संसदमा आफ्नो पार्टीले शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएका छन् । सरकारको नीति तथा कार्यक्रममा कांग्रेस मौन बसेपछि डा कोइरालाले गृह नगर विराटनगर आएर यो पछिल्लो अभिव्यक्ती दिएका हुन् ।

पार्टी भित्र स्पस्ट विचार राख्ने नेताका रुपमा चिनिएका कोइरालाले सोमवार गुरॉस पुस्तकालको ४८ औ स्थापना दिवशमा बोल्दै भने, सरकारको नीति तथा कार्यक्रममा कांग्रेसले समर्थन जनाउनु पथ्र्यौ या विरोध गर्नुपर्दथ्यो । मौन बस्नु दुर्भाग्य हो, यसले लोकतन्त्रलाई कमजोर बनाउछ । कांग्रेस मौन बस्नुले विरोध वा समर्थन के गरेको बुझ्न सकिएन, कोइरालाको जिज्ञासा थियो । कांग्रेस सभापति शेरवहादुर देउवाको कार्यशैली प्रति असन्तुष्ठ देखिदै आएका कोइरालाले पार्टीमा जस्तै संसदमा पनि कांग्रेसको उपस्थिति सभापतिले कमजोर बनाएको टिप्पणी गरे ।

संसदमा प्रतिपक्ष कमजोर बन्दा लोकतन्त्र कमजोर बन्ने खतरा बढछ कोइरालाले भने, कांग्रेसले प्रतिपक्ष जस्तो व्यवहार पनि देखाउन सकेन र काम पनि गर्न सकेन । संसदमा कांग्रेसको उपस्थिति न्यून भएपनि भूमिका शसक्त हुनुपर्ने उनको सुझाव थियो । प्रतिपक्षी सशक्त हुन नसक्दा सरकार तानाशाही बन्दै जाने उनको ठोकुवा छ । आफ्नो कार्यकाल अझै ३ बर्ष बाकी रहेको सार्वजनिक अभिव्क्ती दिदै हिडेका सभापति देउवासँग कोइरालाको प्रश्न थियो, विधान अनुसार निर्वाचित भएका सभापति विधान अनुसारनै १ बर्ष ९ महिनापछि स्वत हटनु हुनेछ ।

यसैपनि प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला गतिविधिले लोकतन्त्र गुम्ने त होइन भन्ने काला बादलहरु देखापरिरहेको छ कोइरालाले भने त्यसैले कांग्रेस सशक्त प्रतिपक्षी बन्न सकेन भने प्राप्त उपल्ब्धि गुमेर जाने खतरा बढन सक्छ । गणतन्त्र दिवसको अवसरमा वालकृष्ण ढुंगेललाई आम माफी दिने ओली सरकारको रवैयाले प्राप्त लोकतन्त्र गुम्ने खतर बढेको उनको संकेत थियो । डा. कोईरालाले न्यायपालिका दिनानु दिन कम्जोर हुदै गएको पनि बताए।