मनोरञ्जन

मिस्टर आरजेको शब्द संगीतले गर्यो कमाल, भुन्टी १ नम्बरमा(भिडियो)

काठमाडौं । छोटो समयमै आफ्नो र्‍यापको जादुबाट चर्चा बटुलेका र्‍यापर राजेन्द्र भट्ट उर्फ मिस्टर आरजेको पछिल्लो समय चर्चा चुलिन थालेको छ । नेपाल आईडलका प्रथम रनरअप गायक निशान भटराईको स्वर र मिस्टर आर.जे को शब्द संगीतमा सजिएको भुन्टी बोलको गीत युट्युब ट्रेन्डिङ्को १ नम्बरमा परिरहेको छ ।

सूदुरपश्चिममा बोलिने भाषाका शब्दहरुलाई टिपेर गीतमा राखिएको छ । म्युजिक भिडियोमा नेपाल आईडल रनरअप निशान र एलिसा राईलाई फिचरिङ् गरिएको छ । यो समाचार तयार पार्दासम्म गीतलाई ११ लाख बढी पटक हेरिएको छ भने ४१ हजार बढी पटक लाईक गरिएको छ । गीतमा ३ हजार बढी प्रतिक्रिया आएकामा प्रायः सकारात्मक छन् ।

भिडियो हेर्न तल थिच्नुहोस:-

https://youtu.be/_-hRovJleY8