राजनीति

सहमतिसँगै फोरमको भागमा कुन मन्त्रालय पर्यो ?

काठमाडौं । सरकारसँग दुईबुदे सहमती पश्चात फोरमले दुई मन्त्रालय पाउने भएको छ । यसअघि बिहान नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादबबीच सरकारमा सहभागी हुन २ बुँदे सहमति भएको हो ।

सरकारले फोरमले उठाउदैँ आएको मागको सम्बोधन गर्ने संकेत गरेपछि फोरम सरकारमा सहभागी हुन तयार देखिएको थियो ।

नेकपा अध्यक्षद्धव निकट स्रोतका अनुसार फोरमलाई सहरी विकास र स्वास्थ्य मन्त्रालय दिइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक मन्त्रिमण्डल हेरफेरको तयारी गरेका छन् ।