समाचार

चार जना लिबियाली सैनिकको मृत्यु

त्रिपोली, १४ जेठ । लिबियाको पूर्वी सहर दार्नामा अतिवादी समूह विरुद्ध भएको झडपमा परी चार जना लिबियाली सैनिकको मृत्यु भएको सैनिक स्रोतले सोमबार जानकारी दिएको छ ।

सोमबार बिहान दर्नामा सरकारी सेनामाथि अतिवादी विद्रोहीहरुले हमला गरेका थिए । सैनिक गस्तीका क्रममा भएको यस हमलाका क्रममा ती सैनिक मारिएका छन् ।

यस झडपको क्रममा अन्य कैयौँ व्यक्ति घाइते भएका सैनिक स्रोतले जानकारी दिएको छ । हाल झडप जारी नभएको भए पनि सैनिक बलतर्फ ठूलो क्षति भएको स्रोतले जानकारी दिएको छ ।

गत बिहीबार पनि दार्नामा नै अतिवादी समूह र लिबियाली सैनिकबीच भएको झडपको क्रममा कम्तीमा चार सैनिकको मृत्यु हुनुको साथै अन्य छ जना घाइते भएका थिए ।

उक्त क्षेत्रमा पछिल्लो समयमा सेनाले कडा मात्रामा गस्ती गर्ने गरेको तर विद्रोहीहरुले भने सेनामाथि नै आतङ्ककारी हमला गर्ने गरेका छन् ।