समाचार

श्रीलङ्कामा मौसमी वर्षाका कारण २३ को मृत्यु

कोलम्बो । श्रीलङ्कामा मौसमी वर्षाका कारण मृत्युहुने व्यक्तिको संख्या २३ पुगेको श्रीलङ्का प्रकोप व्यवस्थापन केन्द्र (डिएमसी) ले सोमबार जानकारी दिएको छ ।

अबिरल रुपमा परेको यस वर्षाबाट ७५ हजार व्यक्तिलाई शरणार्थी शिविरसम्म पु¥याइएको पनि सो समाचारमा जनाइएको छ । यस आइतबार मात्र परेको चट्याङमा परी पाँच जनाको मृत्यु भएको थियो ।

त्यसैगरी भारी वर्षाको कारण परेको डुबानमा २३ जनाको मृत्यु भएको डिएमसीमा प्रवक्ता प्रदिप कोदिपिलीले बताएका छन् । अझै पनि भारी वर्षाको क्रम जारी नै रहने अनुमान गरिएको प्रवक्ता कोदिपिलिले बताएका छन् । वर्षाले अति नै प्रभावित पारेको इलाकाबाट अझै पनि सुरक्षित इलाकामा लैजाने क्रम जारी रहेको बताइएको छ ।

वर्षा प्रभावित इलाकामा उद्धारकार्यको लागि हजारौँको संख्यामा श्रीलङ्काली सेना र प्रहरी तैनाथ गरिएको छ । यस प्रकोपबाट ४ हजार भन्दा बढी घर आंशिक वा पूरै रुपमा क्षतिग्रस्त भएको बताइएको छ ।

यस वर्षको मौसमको सुरुआतमै यसरी श्रीलङ्कामा प्रकोपले सताएको छ । गत वर्ष पनि यहाँको मौसमी वर्षाले ठूलो क्षति पुगेको थियो ।