मनोरञ्जन

अर्जुन रामपाल दम्पतिले विज्ञप्ती निकाल्दैँ गरे डिभोर्स, माया रहिरहने

काठमाडौँ । बलिउड लोकप्रिय अभिनेता अर्जुन रामपाल र उनकी श्रीमती मेहर रामपालबीच डिभोर्स भएको छ । डिभोर्सपछि उनीहरुको २० बर्षे लामो यात्रामा पूर्णविराम लागेको छ ।

सोमबार रामपाल र मेहरले छुट्टाछुट्टै विज्ञप्ती निकाल्दैँ २० बर्षे सम्बन्धलाई सधैका लागि अन्त्य गरेको जानकारी दिएका हुन् । विज्ञप्तीमा डिभोर्स भएपनि माया रहिरहने उनीहरुले उल्लेख गरेका छन् ।

अर्जुनले एक अज्नाबी, डन, ओम शान्ति ओम, रक अन, हाउसफुल, राजनीति जस्ता फिल्ममा अभिनय गरिसकेका छन् भने मेहर पूर्व मिस इन्डिया हुन् ।

अर्जुन र मेहरले सन् १९९८ मा विवाह गरेका थिए । उनीहरुका दुई छोरी छन् ।