सामाजिक सञ्जाल

दिदी र भाई मिलेर लेखे यस्तो कविता !

काठमाडौं । बिहे भएपछि पनि दिदीले घर छोडी माइतीघरमा बस्न परेको पिडालाई दर्शाउदैँ निकै नै भावुक पार्ने दिदी-भाईले लेखेको दोहोरो कविता यस्तो छ ।

सुरजः-

सुक्क सुक्क गर्दै फोनमा किन रोयौ मेरि दिदी
भक्कानिदै आसुले मुख किन धोयौ र मेरि दिदी
घर छाडेर माईत आयौ अरे के भनेर भिनाजुले
बचाउ भन्दै बाबा का पाउ किन छोयौ मेरि दिदी

सोनिः-
पहिला धेरै माया गर्थे गालि मात्र गर्छन अचेल
कसै सग बोल्न हुन्न ठुला आखा तर्छन अचेल
तिम्रो भिनाजुले मलाई माया गर्न छोडे भाइ
मलाइ छोडि नक्कलि तिर सर्छन अचेल

सुरजः-
दिदी तिम्लाइ कसै माथि शन्का छर भिनाजुको
ब्यर्थै सन्का गरि सर्यौ कित परपर भिनाजुको
रत्ति मलाइ त्यस्तो गर्नु होला जस्तो लाग्या छैन
तिमी पर्न सकिन भन्दैछउ फेरि भर भिनाजुको

सोनिः-
तरकारि मीठो भएन रे खाना फाले हिजो
आफै पकाई खा भन्दै हातै हाले नि हिजो
अर्कि सग नलागेको भए किन झगडा गर्थे
मेरो रिसले फोन उठाएन्न गर्दा बाले हिजो

सुरजः-
तिम्ले पनि आमा समूह बोलाएर कुटाई छौ नि
भिनाजुको बिरुद्दमा सारा मान्छे जुटाई छौ नि
तिमी सग एकै छिन बस्नु छैन मलाई भन्दै
आधि अङश माग्दै आफ्नै घर फुटाई छौ नि

सोनिः –
उनको दिलको बगैचामा अरुलाई फुलाएर हो
मलाई छोडि उनले नजर अन्तै तिर डुलाएर हो
सक्दिन अब साथमा बस्न छोडपत्र चाहियो रे
सम्बन्ध रेट्ने त्यो अदालतको ढोका खुलाएर हो

सुरजः-
बुढाबुढि फुटे पछि खेल्न थाल्छन बाहिरकाले
शत्रुले पनि बल्ल खाइस जाति भयो भन्न भाले
शङकाले लङ्का जलाउछ मिल्न पर्छ बुढि बुढि
फर्कि जाउ दिदी भेना सङ्गै मिलाइ दिनु हुन्छ बाले

सोनिः-
एउटा आगो बन्दा अर्को बन्नु पर्नि रैछ पानी
माया गरि राख्छन कित मलाई बनाई रानी
लोग्ने स्वास्नी को झगडा परालको आगो अरे
भाइ मैले निणय लिए आफ्नै घर फर्कि जानि

माथि लेखिएको दोहोरो कविता काल्पनिक नभएर वास्तविक हो । पात्र पनि वास्तविक हुन् । गीतमा समेटिएको बिषय पनि यथार्थ हो । ती वास्तविक पात्र दिदी सोनी सापकोटा र भाई सुरज सापकोट हुन् ।

हामीले सोनीको फेसबुक टाईमलाईनबाट यो सामाग्री साभार गरेको हौ । यो सामाग्री पोष्ट गर्दै सोनीले सुझाव सल्लाह दिन आग्रह गरेकी छिन् भने सामाग्री दिदी र भाईले संयुक्त रुपमा तयार पारिएको जनाएकी छन् ।