राजनीति

नेकपा र फोरम नेपालबीच भएको सहमतीको दुई बुँदामा के छ ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी र संघीय समाजवादी फोरमबीच भएको सहमती अनुसार अब फोरम पनि सरकारमा सहभागी हुने भएको छ । सोमबार नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच दुईबुदे सहमतीमा हस्ताक्षर भएको हो ।

सरकारले फोरमले उठाउदैँ आएको मागको सम्बोधन गर्ने संकेत गरेपछि दुई पार्टीबीच कुरा मिलेको हो ।

‘सरकारद्वारा गर्न सकिने कामहरु सरकारको नीति र कार्यक्रममा समावेश गरिने छ,’ सहमतिपत्रको पहिलो बुदाँमा भनिएको छ, ‘उपरोक्त कार्यहरु आन्तरिक गृहकार्य गरी सहमतिमा समाधान गरिनेछ ।’ सहमती पत्रको दोस्रो बुदाँमा भनिएको छ, वर्तमान सरकारमा संघीय समाजवादी फोरम पनि सामेल हुनेछ ।