पर्यटन/संस्कृति

टान अन्तर्राष्ट्रिय इको च्यालेञ्ज हुँदै

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले यही जेठ १५ गते टान अन्तर्राष्ट्रिय इको च्यालेञ्ज आयोजना गर्दैछ ।

सो दिन टानको स्थापना दिवस, अन्तर्राष्ट्रिय सगरमाथा दिवस र गणतन्त्र दिवस पनि रहेकामा टानले सो दिनलाई पर्वका रुपमा भव्यताका साथ मनाउन लागिएको टानका अध्यक्ष नवराज दाहालले जानकारी दिए ।

‘प्रदूषण न्यूनीकरणको समाधान दिगो पर्यटन’ भन्ने मुख्य नाराका साथ टानले यस वर्ष आयोजना गर्न लागेको उक्त कार्यक्रमको उद्घाटन वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले गर्नेछन् ।

स्वदेशी एवं विदेशीको सहभागिता रहने कार्यक्रममा कूल आठ किमी साइक्लिङ ¥याली रहनेछ । ¥याली बिहान ६ बजे टान जमल–ज्याठा सचिवालय, काठमाडौँको मालीगाउँ हुँदै कमलपोखरी–चारखाल–पुतलीसडक–सिंहदरबार–सुनधारा–न्यूरोड–सञ्चयकोष भवन हुँदै नेपाल पर्यटन बोर्डमा समापन गरिनेछ ।