राजनीति

सरकारको गतिविधि हेरेर रचनातमक सहयोग गर्छौँः गगन थापा

संखुवासभा । नेपाली काँग्रेसका युवा नेता गगन थापाले पाँच वर्षसम्म अहिलेको सरकारको गतिविधि हेरेर सहयोग गर्ने बताएका छन् ।

नेपाल तरुण दलद्वारा आज यहाँ आयोजित तरुण भेलालाई सम्बोधन गर्दै उनले सरकारको पाँचवर्षे गतिविधि हेर्ने बताए । उनले नेकपाको नेतृत्वमा समृद्धिको सपना देख्नु भ्रम मात्रै भएको दाबी पनि गरे ।

काँग्रेसले राजनीति जितेको भएपनि चुनाव हारेको भन्दै पुरानो ढर्रा र सोचबाट पार्टी अगाडि बढ्न नसक्ने बताए । भेलालाई सम्बोधन गर्दै नेता प्रदीप पौडेलले लोकतन्त्रको पहरेदारी गर्दै संविधान कार्यान्वयनमा प्रतिबद्ध भएर लाग्ने बताए ।