खेलकुद

हेराल्ड बास्केटबलमा सय टिम

काठमाडौ । हेराल्ड इन्टरनेसनल कलेजको आयोजनामा प्रथम हेराल्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता जेठ १७ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा ब्वाइजतर्फ ६० र गल्र्समा ४० गरी १ सय टिमको सहभागिता रहने हेराल्डका चेयरम्यान एवं प्रिन्सिपल नारायणप्रसाद उपाध्यायले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

नकआउट आधारमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले जनाएका छन् । खेलहरु बसुन्धारास्थित आयोजककै कोर्टमा हुनेछ ।