खेलकुद

युरो र लुम्बिनी क्वाटरफाइनलमा

काठमाडौं । युरो र लुम्बिनी प्रथम इन्साइट भिजन थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको गल्र्समा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूह ‘बी’ बाट युरो विजेता र लुम्बिनी उपविजेताका रुपमा क्वाटरफाइनल पुगेका हुन् ।

युरोले डाफोडिललाई ८–४, कन्सिटलेसनलाई ९–६ तथा लुम्बिनीलाई ११–९ ले पराजित ग¥यो । लुम्बिनीले डाफोडिललाई १०–३ र कन्स्टिलेसनललाई ८–३ ले हरायो । क्वाटरफाइनलमा लुम्बिनीको भेट बूढानीलकण्ठ ‘बी’ संग हुनेछ भने युरोले ग्रिनफिल्ड विरुद्ध खेल्ने छ । बाँकी क्वाटरफाइनल ग्रेट माया र न्यु समिट तथा बूढानीलकण्ठ ‘ए’ र एचएचसीएबीच हुनेछ ।

द इन्साइट भिजन कलेजद्वारा आयोजित प्रतियोगिताको ब्वाइजतर्फ ज्ञान टाइगर्स, ग्रिनफिल्ड, हेराल्ड ‘बी’, एचएचसीए ‘ए’, नेरिक, ग्रेट माया ‘ए’, स्किब्स र हुपर्सले क्वाटरफाइनलमा स्थान पक्का गरे । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।