समाचार

बालकृष्ण ढुंगेललाई आममाफी दिने विरुद्धको मुद्दाको सुनुवाइ सोमबार

काठमाडौँ । कर्तव्यज्यान मुद्दामा सजाय भोगिरहेका बालकृष्ण ढुङ्गेललाई आममाफी दिने गरी सरकारले गरेको भनिएको निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा सोमबार सुनुवाइ हुने भएको छ ।

न्यायाधीश चोलेन्द्र शम्शेर राणा र हरिकृष्ण कार्कीको संंयुक्त इजलासमा आज सुनुवाइ तय भएपनि न्यायाधीश कार्कीले पीडितको पक्षबाट यसअघि नै मुद्दा हेरेको हुनाले सो मुद्दामा फैसला गर्न नमिल्ने उल्लेख गरेपछि मुद्दामाथि सुनुवाइ सोमबारका लागि पेशी तोकिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा आममाफी दिने सरकारी निर्णयलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट निवेदन दायर गरेका थिए । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले शुक्रबार ढुंगेललाई माफी दिनुको कारणसहित २४ घन्टाभित्र दुवै पक्षलाई छलफलका लागि आज बोलाएको थियो ।