राजनीति

कांग्रेसद्धारा आन्दोलनको घोषणा

धरान । नेपाली कांग्रेस सुनसरीले चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । नेपाली कांग्रेस पाटीको जिल्ला समिति, क्षेत्रीय समिति, नगर समिति तथा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ लगायतका भातृ संगठनहरुको संयुक्त बैठकले चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङलाई प्रहरी प्रशासनले झुटो मूद्दा लगाई फसाउन खोजेको भन्दै निःशर्त रिहा गर्न प्रहरी प्रशासन, जिल्ला प्रशासन लगायत सम्बन्धित निकायका प्रमुखहरुलाई आग्रह गर्दा पनि सुनुवाई नभएपछि वाध्य भएर आन्दोलनका कार्यक्रमहरु घोषणा गर्नुपरेको जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र गोलेले बताए ।

उनले पाटीको स्थानीय नगर समितिको समन्वय र अगुवाईमा जेठ १४ गते धरान, इटहरी र इनरुवामा कोण सभा, १५ गते धरान, इटहरी र इनरुवामा सिठी जुलुश, १६ गते धरान, इटहरी र इनरुवामा विरोध जुलुश र १७ गते सुनसरी बन्द गर्ने गरी आन्दोलनका कार्यक्रमहरु घोषणा गरिएको बताए ।