समाचार

गोरे भन्छन्ः एयरपोर्टमा मेन रोल एसएसपी श्याम खत्रीले खेल्थे

काठमाडौं । ३८ क्वीन्टल सुनकाण्डका मुख्य नाईके भनिएका चुणामणी शर्मा गोरेले आफ्नो बयानमा एसएसपी श्याम खत्रीलाई पोलेका छन् । यअघि नै सुनकाण्डमा पोलिइसकेका एसएसपी खत्रीलाई गोरेले पनि पोलेका हुन् ।

गोरेले दिएको बयानका अनुसार बहालवाल एसएसपी र छिरिङ वालेङ घलेबीच सेटिङ् हुने गरेको घटना प्रकाशमा आएको छ ।

नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा एसएसपी खत्रीले मुख्य भूमिका खेल्ने गरेको गोरेले दिएको ३७ पृष्ठ लामो बयानमा खुलाएका छन् । दुबईबाट ल्याईने गरेको सुनबारे बयान दिदैँ भनेका छन् ‘दुबईबाट भरियामार्फत झोलामा सुन आउँछ । भरियालाई प्रहरीले पास उपलब्ध गराउथे । सो पछि कुनै चेकजाँच हुँदैनथ्यो । सुन बोक्ने मानिस सहजै प्रहरी हाकिमको कोठामा जान्थ्यो । झोला त्यही छाडिदिन्थे ।’ उनले अघि भने, ‘दुबईबाट आउने सुन भारतीय ब्यापारीको हुन्थ्यो । सुन सिधै तत्कालीन एसएसपी श्याम खत्रीको कोठामा जान्थ्यो । निजले अनुकल समयमा सुन बाहिर निकाली हाम्रा भरियालाई दिन्थे ।’

गोरेको बयानका आधारमा एसएसपी खत्रीले तस्करसँग मिलेर सुन ओसारेको २ करोड बढी रुपियाँ पाएका छन् । अहिले फरार रहेका एसएसपी खत्री साढे ३३ किलो सुनकाण्डमा मुछिएर पक्राउ परेका थिए । अहिले खत्रीको देशभित्र मात्र नभई ईन्टरपोलमा समेत रेडनोटिस जारी भई खोजतलास भईरहेको छ ।

सम्बन्धित पढ्नुहोस्ः-

को होलान विमानस्थलमा बरामद गरिएको सुनका मालिक ?

एउटै ग्याङबाट ३८ क्वीन्टल सुन तस्करी !

थोरै कमजोरी भएको भएको सुनको हालत यस्तो…

सत्र केजी सुन हात लाग्यो !

एसपी लोहनी समातिए !

अदालतभित्रै पत्रकारलाई लात्ती

भुजुङले एयरपोर्टबाट यसरी भित्र्याउदाँ रहेछन् बोराका बोरा सुन !

‘गोरे’ बारे छानविन समितिले गर्यो यस्तो खुलासा

गोरेको नालीबेली

गोरेले क-कसलाई मुछे ?