उर्जा

डा. कोईराला प्रश्न गर्छन्, ‘लोडसेडिगं अझै ४/५ घण्टा छ, सरकार कहिले जिम्मेवार हुन्छ ?’

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबं प्रभाबशाली नेता डा. शेखर कोईरालाले बिराटनगरमा अझै लोडसेडिगं भएको दाबी गरेका छन् । आफ्नो फेसबुक स्टाटसमा लेख्दै प्रदेश नम्बर १ को राजधानी समेत रहेको बिराटनगर महानगरपालिकामा ४ देखी ५ घण्टा लोडसेडिगं भएको र सरकारले लोडसेडिगं हटाएको भनेर हावादारी गफ गरेको बताएका छन् ।

सरकार र बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिंगले मुलुकलाई लोडसेडिगंमुक्त घोषणा गरिसकेपनि नेता कोईरालाले आफ्नो गृहनगरका जनताको बिषयमा चासो रहेको संकेत गर्दै उनले उक्त कुरा बताएका हुन् ।

डा. कोईराला ७० सालको संबिधान सभा निर्बाचनमा बिजयी भएका भएपनि ०७४ सालको प्रतिनिधि सभा निर्बाचनमा बर्तमान सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीतसंग पराजित भएका थिए ।

उनी निर्बाचनमा पराजित भएपनि काँग्रेसको संगठन बिस्तारमा देश दौडाहा गर्ने नेता मध्येमा अग्रपँक्तीमा पर्छन् । उनको समामाजिक संजाल फेसबुकको स्टाटस जस्ताको तस्तैः ‘सरकारले देशलाई लोडसेडिंग मूक्त त घोषणा गर्यो तर बिराटनगर महानगरपालिकाका जनता दैनिक ४/५ घण्टा लोडसेडिंग खेप्न बाध्य छन्।यसप्रती सरकार कहिले जिम्मेवार बन्ने? जनतालाई भ्रममा मात्रै कती दिन राख्ने ?’