समाचार

सुनकाण्डः गोरेले व्यापारी देखि ठूला नेतासम्मलाई मुछे

विराटनगर । ३८ क्वीन्टल सुनकाण्डमा मुख्य अभियुक्त भनिएका चुणामणी शर्मा गोरेले आफू समान्य मानिस भएको बताएका छन् । जिल्ला अदालतमा आईतबार दिएको बयानमा गोरेले आफू नाईके नभएको र नाईके ठूला नेता भएको बताएका हुन् ।

तस्करीको सुन भारत जाने गरेको र लगानीकर्ता पनि भारतीय नै रहेको गोरेले बयानमा बताएका छन् । उलने सुनकाण्डमा धरानका सुन व्यापारी सुनिलकुमार अग्रवाल, कृष्ण अग्रवाललगायतलाई लगानी कर्ता बताउदैँ सुनकाण्डमा मुछेका छन् । गोरेका अनुसार छिरिङ वालिङ घले नेपालमा तस्करीको धन्दा चलाउथे ।

गोरेले पुरानै शैलीको बयान दिदैँ भनेका छन्, ‘म छिरिङकै लाइनमा बसेर सुन ओसार पसारको कारोबार गर्ने सामान्य मानिस मात्र हुँ ।’ उनले अघि बयानमा भनेका छन् ‘सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला मासिसको मिलेमतोमा हुने गर्छ । कोको संलग्न छन् यकिन भन्न सक्दिनँ ।’

जिल्ला अदालत मोरङमा गोरे ३७ पृष्ठ लामो बयानमा सुनकाण्डबारे धेरै कुराबारे बोलेका छन् ।

सम्बन्धित पढ्नुहोस्ः-

को होलान विमानस्थलमा बरामद गरिएको सुनका मालिक ?

एउटै ग्याङबाट ३८ क्वीन्टल सुन तस्करी !

थोरै कमजोरी भएको भएको सुनको हालत यस्तो…

सत्र केजी सुन हात लाग्यो !

एसपी लोहनी समातिए !

अदालतभित्रै पत्रकारलाई लात्ती

भुजुङले एयरपोर्टबाट यसरी भित्र्याउदाँ रहेछन् बोराका बोरा सुन !

‘गोरे’ बारे छानविन समितिले गर्यो यस्तो खुलासा

गोरेको नालीबेली