मनोरञ्जन

‘ए मेरो हजुर ३’ मा अनमोल फाइनल

काठमाडौं । ए मेरो हजुर ३ मा अभिनेता अनमोल केसी फाईनल भएका छन् । शनिबार लिलिबिलीका निर्देशक मिलन चाम्सको चलचित्र ए मेरो हजुर ३ मा अभिनेता केसीले हस्ताक्षर गरेका हुन् ।

चाम्सले अनमोललाई चलचित्र लिलिबिलीका लागि प्रस्ताव गरेका थिए तर अनमोलले अस्वीकार गरेपछि नायक प्रदिप खड्का अनुबन्धित भएका थिए ।

हाल चलचित्र क्याप्टेनको सुटिङमा व्यस्त रहेका नायक केसीसँग ए मेरो हजुर ३ का लागि नायिका भने पक्का भईनसेको बताईएको छ । चलचित्रमा कति पारिश्रमिकमा हस्ताक्षर भयो भन्ने कुरा भने खुलाईएको छैन् ।