अन्तर्राष्ट्रिय

अमेरिका-कोरिया फोनवार्तामा के भयो ?

सोल । आइतबार सोलबाट प्राप्त एक समाचारमा दक्षिण कोरिया र अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको जनाइएको छ ।

सिंगापुरमा अमेरिका र उत्तर कोरियाबीच हुन लागेको शिखर वार्ता सर्ने भनिएको तर आइतबार एकाएक पूर्वनिर्धारित मिति जुन १२ मा नै हुने भनी समाचार आएपछि उक्त फोनवार्ता भएको बताइएको छ ।

दक्षिण कोरियाली विदेशमन्त्री काङ कियुङ र अमेरिकी विदेशमन्त्री माइक पम्पेओबीच शुक्रबार बिहान फोनवार्ता भएको प्राप्त समाचारमा जनाइएको छ ।

उनीहरुबीच बिहीबार अकस्मात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग जुनमा सिंगापुरमा हुनलागेको शिखर वार्ता स्थगित गरेको जनाएको केही समयपछि गएको बिहीबार पनि वार्ता भएको थियो ।

आइतबार पुनःउक्त वार्ता समयमै हने भनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी गराएपछि पुनःउहाँहरुबीच त्यसका विषयमा विकसित परिस्थितका बारे उक्त फोनवार्ता भएको अनुमान गरिएको छ । -रासस/एएफपी