राजनीति

प्रधानमन्त्रीले कांग्रेसलाई भनेः जे पर्ला पर्ला, राम्रोलाई राम्रो भनौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस लगायत दललाई नीति तथा कार्यक्रममाथिको संशोधन फिर्ता लिन आग्रह गरेका छन् । ओलीले संशोधन फिर्ता लिन आग्रह गर्दै दलहरुलाई नयाँ अभ्यासको प्रयास गरेका हुन् ।

उनले दलहरुलाई नराम्रो कामको विरोध नै गर्नुपर्ने, संशोधन हाल्नुपर्ने विपक्षीको धर्म भएको बताएका छन् ।

संसदमा एक सय दिनको सरकारको कामको जानकारी गराउदैँ आईतबार संसदमा ओलीले भने, अब नयाँ अध्यास गरौं । जे पर्ला पर्ला, राम्रोलाई राम्रो भनौं, नराम्रोलाई नराम्रो भनौं ।’ उनले अघि भने, यो सरकारलाई राम्ररी बुझ्न अलिकति समय लाग्ला जस्तो छ । ठीकै छ ।’