पु.समाचार

गोली हानेर ९ लाख लुट्ने १ घण्टा नबित्दै प्रहरी फन्दामा

कैलाली । गोली प्रहार गरी नगद ९ लाख ५० हजार लुट्ने दुई जना घटनाको १ घण्टा नबित्दै पक्राउ परेका छन् । धनगढीको चौराहामा आईएमईका कर्मचारीलाई गोली प्रहार गरी फरार भएका उनीहरुलाई नियन्त्रणमा लिईएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार उनीहरुलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाईएको छ । उनीहरुले आईतबार बिहान आईएमईका कर्मचारी निर्मल कुमार कार्कीलाई गोली हानेर नगद लुटी फरार भएका थिए ।