राजनीति

सभापती देउवाले रामचन्द्र पौडेलकै अगाडी भनेः अब त्यहिँ प्रतिस्पर्धा गरौंला

काठमाडौं । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले आफूले नेतृत्व कुनै पनि हालतमा नछाड्ने बताएका छन् । कांग्रेस निकट पत्रकारहरुको संस्था प्रेस युनियनको २७ औँ स्थापना दिवसका अवसरमा बोल्दैँ सभापती देउवाले यस्तो बताएका हुन् ।

पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलकै अगाडी बोल्दै सभापती देउवाले ३ बर्ष पछि प्रतिस्पर्धामा आउन आफू तयार रहेको बताएका छन् ।

आफू निर्वाचित सभापती भएको बताउदैँ देउवाले कसैले हटाउन खोज्दैँमा नहट्ने बताएका छन् । उनले वरिष्ठ नेता पौडेल तर्फ संकेत गर्दै भने, ‘म निर्वा्चित भएर आएको सभापति हुँ । कसैले गेट आउट भन्दैमा गेट आउट हुन्नँ । अब ३ वर्षपछि महाधिवेशन हुन्छ, त्यहिँ प्रतिस्पर्धा गरौंला’ ।

यसैबीच, पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले चुनावमा तत्कालिन एमाले र माओवादीले गठबन्धन बनाएका कारण पार्टीले हार बेहोर्नुपरेको बताएका छन् । तत्कालिन एमाले माओवादी गठबन्धन बाहेक चुनाव हार्ने अरु कुनै कारण नभएको बताउदैँ आफूले चुनावको हारको जिम्मा कुनै हालतमा नलिने कुरा रामचन्द्र पौडेल पक्षलाई सुनाए ।

रामचन्द्र पौडेल पक्षले नेतृत्वकै कार्यक्षमताको कारण चुनावमा पार्टीले पराजय व्यहोरेको भन्दै चुनावी हारको जिम्मा पनि सभापती देउवाले लिनुपर्ने अडान लिएको छ ।

सभापती देउवाको २ बर्षे कार्यकाल अmझैँ बाकी छ । १ बर्ष सभापती आफैँले कार्यकाल थप्न पाउने प्रावधान छ ।