खेलकुद

निरविक्रम र सुनिलको जोडीलाई उपाधी

काठमाडौं । जेष्ट ब्याडमिन्टन एकेडेमीका निरविक्रम देवकोटा र सुनिल जोशीको जोडी चण्डोल युवा क्लब खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७५ को उपाधी जित्न सफल भएका छन् । निर र सुनिलको जोडीले जि फोर क्लबका आकाश छन्त्याल र अविशेक गुरुङ्गको जोडीलाई २१–९ २१–१७ले पराजित गर्दै उपाधी हात पारेका हुने । विजयी खेलाडीहरुले नगद २० हजारका साथै मेडल र प्रमाण पत्र प्राप्त गरे । उपविजेताले १० हजार प्राप्त गरे ।

एपिएफ क्लवका विशाल प्रधान र सुमन लिम्बु को जोडी र भु पु क्लवका राम वानियाँ र रोमन वानियाँ को जोडी संयुक्त रुपमा तृतिय हुन भए । तेश्रो हुनेले नगद ५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

नव वर्ष २०७५ सालको उपलक्ष्यमा यस चण्डोल युवा क्लवले “स्वास्थ्यको लागि खेलकुद” भन्ने नाराका साथ यहि २०७५ साल जेष्ठ १० गते देखि १२ गतेसम्म ¬(टप १६ का राष्ट्रिय खेलाडि वाहेक) आयोजना गरेकोे सी इभेन्टमा भु पु क्लवका रोमन वानिया र सुमन गोतामे को जोडीले जेष्ट क्लवका दिपक राना र संजय श्रेष्ठ को जोडीलाई २१–१६, २१–१८ हराई विजयी भए ।

सी इभेन्ट तर्फ रत्न गुरुङ्ग र धु्रव वानियाँको जोडी तथा दिलिप राई र विदुर थापाको जोडी तृतिय हुनु भयो । विजेता, उप विजेता र तेश्रो हुनेले क्रमशः १५, १० र ५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।

विजेताहरुलाई आजै एक कार्यक्रमका विच प्रमुख अतिथी नेपाल व्याडमिण्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, विशेष अतिथीहरु का.म.पा. वडा नं. ४ का वडा अध्यक्ष श्री मोहन बहादुर विष्ट, रा.खे.प.का व्याडमिण्टन मुख्य प्रशिक्षक सुदिप योञ्जन, काठमाण्डौ जिल्ला व्याडमिण्टन संघका अध्यक्ष दिपक थापा र क्लवका अध्यक्ष राजु खड्का क्षेत्रीले संयुक्त रुपमा मेडल, प्रमाण पत्र र नगद पुरस्कार वितरण गरे ।

नेपाल व्याडमिण्टन संघ, तथा काठमाण्डौ जिल्ला व्याडमिण्टन संघको प्राविधिक सहयोग र स्थानिय विभिन्न १५ वटा संघ संस्थाको प्रायोजन रहेको यस व्याडमिण्टन प्रतियोगितालाई सफल पार्न स्थानिय आर्थिक कारोवार वचत तथा ऋण सहकारी संस्था लि. को विशेष सहयोग रहेको थियो । साथै प्रतियोगिता संयोजन क्लवका सचिव किरण शर्मा भट्टराईले र नेपाल व्याडमिण्टन संघका सचिव समिर बहादुर सिंहले म्याच रेफ्रीको भुमिकामा प्रतियोगिता संचालन गर्नु भएको जानकारी क्लवका महासचिव राजेश राज तिवारीले दिए ।